पोखरा विमानस्थलका लागि द्रुतमार्गका लागि रुख काट्ने अनुमति प्राधिकरणले पाएन 

५ चैत ७७, शुक्रबार

६ चैत, काठमाडौँ । पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांस भौतिक पूर्वाधारको बाहिरी संरचना निर्माण भइसकेका छन्। यन्त्र उपकरण जडान तथा फिनिसिङको काम बाँकी रहेको छ। विमानस्थलमा व्यावसायिक उडानका लागि तयार हुन अब बढीमा ९/१० महिना लाग्‍ने छ।

इन्जिनियरिङ,प्रोक्र्युमेन्ट,कन्स्ट्रक्सन र फाइनान्सिङ(इपिसिएफ) मोडालिटीमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यो आयोजना आउने जुलाइसम्म निर्माण सक्नुपर्ने छ। यद्यपी कोरोना महामारीका कारण निर्माण प्रभावित हुने भएकाले केही समय ढिला हुने छ।

’जति ढिला भएपनि सन् २०२१ को अन्तिम त्राइमासभित्रै विमानस्थल सञ्‍चालनका लागि योग्य होला’ नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले भने। विमानस्थलको निर्माणपछि पनि सुरक्षा जाँच तथा इन्सपेक्सन लगायतका कामले गर्दा निर्माण सम्पन्नपछि पनि उडानका लागि तयार हुन समय लाग्छ।

Advertisement

निर्माण सम्पन्न भएपनि विमानस्थलमा उडान गर्नका लागि कटान गर्नुपर्ने रिठ्ठेपानी डाँडो कटानको काम भने ढिला हुने देखिएको छ। यो डाँडो कटान गर्नका लागि सरकारी अनुमतिमा ढिलाइ हुँदा विमास्थल निर्माण भएपनि उडानका लागि तयार हुन थप समय पर्खिनुपर्ने समय आउनसक्ने आयोजना सम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन्।

यो विमानस्थलमा एकतर्फीमात्र उडान तथा अवतरण एप्रोच गर्न मिल्छ। जुन रिठ्ठे डाँडोपट्टीबाट एप्रोच गर्नुपर्छ। यही डाँडो कटानका लागि भन्दै विमानस्थल निर्माण आयोजना, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयले द्रुतमार्ग खोजेका थिए।

Advertisement

छ सय रुख काट्नुपर्ने ठहर गरेको प्राधिकरणले मन्त्रिपरिषदबाट निर्णय गराएर रुख काट्ने तथा डाँडो सम्याउने तयारी गरेको थियो। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ब्रिफिङ गरेको प्राधिकरणले भनेअुनसारको निर्णय भने हुन सकेन।

’प्रधानमन्त्री स्वयम् द्रुतमार्गबाट रुखकटानको आदेश दिन सहमत हुनुभएको थियो। तर वनमन्त्रालयको प्रस्तावले फेरि पहिलेकै अवस्थामा पु¥याएको छ’ प्राधिकरणका एक उच्च अधिकारीले भने।

वन मन्त्रालयले रुख कटानका लागि प्राधिकरणले पूरक वातावरणीय परीक्षण अध्ययन गराउनुपर्ने र सो अध्ययन रिपोर्ट स्वीकृत भएपछिमात्र रुख कटान गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा लिएको थियो। सोही आधारमा निर्णय भएपछि पूरक इआइए गरेरमात्र रुख काट्नुपर्ने भएको छ।

कुनै पनि आयोजना निर्माणको क्रममा थप वन,जंगल तथा क्षेत्रफल उपयोग गर्नुपर्ने भएमा पूरक इआइए गर्नुपर्ने कानूनी व्यवस्था छ। यसरी इआइए गर्दा इआइए गर्दाको जस्तै समय र प्रक्रिया आवश्यक पर्ने भएकाले इआइए गर्न नै कम्तिमा एक वर्षको समय लाग्ने अधिकारीहरुले बताउँदै आएका छन्।

यसअघि नै एक संसदीय समितिले अबको ६ महिनाभित्र रिठ्ठेपानी डाँडो कटान गरिसक्न निर्देशन दिएको थियो। समितिले निर्देशन दिएपनि मन्त्रिपरिषदको निर्णयअनुसार ढिला हुने आयोजनाले प्रष्ट पारिसकेको छ।

इआइए पूरक भनिएपनि यसको प्रक्रिया पूर्ण इआइएको जस्तै हुने राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका प्रमुखसमेत रहेका इन्जिनियर प्रदिप अधिकारीको भनाइ छ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top