ग्रिन कफी बेचेर ठगि गर्ने रसियन नागरिक पक्राउ

६ चैत, काठमाडौँ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफीले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

शुक्रबार ब्यूरोले पत्रकार सम्मेलन गरि दुवै जनालाई सार्वजनिक गरेको हो ।

काठमाण्डौ नयाँबजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालिका संचालक ४२ बर्षिय आशिष आचार्यले ग्रिन कफी खाई वजन घटाएको विज्ञापन बनाई सामाजिक सञ्जालमा राखेर ठगी गरेको उजुरीका आधारमा व्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।

Advertisement

त्यसैगरी रसियन नागरिक इगोरकुर्टस लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकार सम्मेलनमा व्युरोका निर्देशक एवं डिआईजी सहकुल बहादुर थापाले उनीहरुले ९ सय ६० रुपैयाँको ग्रिन कफिलाई २० र ४० हजार सम्ममा बिग्रि गरेर ठगि गरेको बताए । उनीहरुले कानुन बमोजिम अनुमति नलिईकन अन्य सामाग्रिहरु पनि बिक्रि गर्ने गरेको पाईएको छ ।

Advertisement

पक्राउ परेका अभियुक्तहरुको नेटवर्क भारत र रस्सामा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफि ,२५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top