एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै, खनाल र नेपाल समूह नजाने

७ चैत, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि आह्वान गरेको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

शुक्रबार बानेश्वरमा बसेको बैठकले खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बालुवाटारमा बैठक राखेर दललाई निजीकरण गर्न खोजिएको र २८ फागुनको निर्णय खारेज नभएसम्म आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने जनाएको हो ।

’विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ खनाल–नेपाल समूहको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भन्दै आजका लागि बोलाइएको बैठकमा सहभागी नहुने खनाल–नेपाल समूहले जनाएको छ ।

सर्वोच्च अदालतको फैसलाले एकतापछिको नेकपा अवैध ठह¥याउँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले २८ फागुनमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक राखेर पार्टीमा व्यापक फेरबदल गरेका थिए । पार्टी महाधिवेशन तोक्दै माओवादी केन्द्रबाट प्रवेश गरेका २३ जनालाई केन्द्रीय समिटीमा मनोनित गरेका थिए भने खनाल–नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका थिए । त्यसपछि असन्तुष्ट बनेका खनाल–नेपाल समूहले ललितपुरमा चैत ४ र ५ गते राष्ट्रिय भेला गरेका थिए । भेलाले एमालेलाई एकताबद्ध पार्ने र देशभर संगठात्मक अभियान चलाउनेलगायतका निर्णय गरेको थियो । खनाल–नेपाल समूहले माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थाबाट पार्टीलाई अगाडि बढाउनु पर्ने माग गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top