ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छः भीम रावल

८ चैत, काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

Advertisement

ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो।

आइतबार ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताएका छन्।

Advertisement

‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो,’ उनले भनेका छन्।

उनले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद भएको उल्लेख गरेका छन्। ‘त्यस्तो निर्णयलाई म पूर्णतः अस्वीकार गर्दछु,’ उनले भनेका छन्।

Advertisement

उनले बरू प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले स्पष्टीकरण दिनुपर्ने बताएका छन्।

‘विधान उलंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गरी पार्टी विभाजनको रेखा कोर्नेजस्ता क्रियाकलाप किन गरेको भन्ने विषयमा केपी ओलीजीले जनता र पार्टीपंक्तिलाई स्पष्टीकरण दिनुपर्छ,’ उनले भनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top