मोदीको भ्रमण विरोधमा बंगलादेशमा प्रदर्शन, पाँच जनाको मृत्यु

१४ चैत्र, एजेन्सी ।
दुईदिने भ्रमणका लागि शुक्रबार बंगलादेशको राजधानी ढाका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा चटगाँवमा प्रदर्शन भएको छ ।

त्यस क्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मोदी भ्रमणको विरोधमा हिजो ढाकाको बैतुल मुकर्रम क्षेत्रमा पनि विरोध प्रदर्शन भएको थियो ।

यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कैयौं पत्रकारसमेत घाइते भएका छन् । बंगलादेशी मिडियाको रिपोर्टअनुसार चटगाँवमा जुमेको नमाजपछि हथाजरी मदरसेबाट विरोध मार्च निकालिएको थियो, त्यसपछि हिंसक झडप भएको हो ।

झडपमा प्रदर्शनकारीसँगै कैयौं प्रहरी घाइते भएका छन् । केही दिनयता कतिपय मुस्लिम नेता र वामपन्थी संगठनहरू भारतीय प्रधानमन्त्री मोदीको बंगलादेश भ्रमणको विरोधमा र्‍यालीहरू निकालिरहेका थिए ।

उनीहरूको दाबीअनुसार शेख मुजीबुर रहमानले एक धर्मनिरपेक्ष राष्ट्रका लागि संघर्ष गरेका थिए, तर मोदी साम्प्रदायिक छन् ।

मोदी बंगलादेशी समकक्षी शेख हसिनाको निम्ता स्वीकार्दै हिजो बंगलादेश गएका हुन् ।

उनी बंगलादेश स्वतन्त्रताको ५० वर्ष एवं संस्थापक शेख मुजीबुर रहमानको जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top