प्रदेश १ को प्रदेशसभा बैठक सोमबारका लागि आह्वान

प्रदेश १ को प्रदेशसभा बैठक सोमबारका लागि आह्वान

१५ चैत, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार २ बजेका लागि आह्वान गरिएको छ।

गत चैत १ गते स्थगित भएको बैठक सोमबार बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन् ।

आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको हो।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो।

अब एमाले सांसदहरूले मुख्यमन्त्री राईविरूद्धको अविश्वास फिर्ता लिने भएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.