२५ चैत, काठमाडौँ । एएफसी कप २०२१ अन्तर्गत प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।
एएफसी कपको दक्षिण एसियाली समूहमा स्थान बनाउनका लागि यो पहिलो खुड्किलो समेत हो । यससहित तीन खेल जित्ने टिमले समूह डी मा स्थान बनाउनेछ ।
घरेलु टोली आर्मीले लगातार प्रशिक्षण गरिरहेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले आफूहरुको तयारी राम्रो रहेको र खेलका लागि तयार रहेको बताएका छन् ।
गत सिजनको ए डिभिजन लिगमा दोस्रो भएपनि एएफसी क्लब लाइनसेन्स पाउने पहिलो क्लब बनेको आर्मीले यस प्रतियोगितामा अवसर पाएको हो ।
श्रीलंका पुलिसमा राष्ट्रिय खेलाडी नभए पनि तीन विदेशी खेलाडी छन् । तीनैजना घानाका हुन् ।