ग्याँस लिक हुँदा घरमा आगलागी

२ असार ७५, आइतबार

मोरङ, असार ३

मोरङको जहदा गाउँपालिका–२ हरिनगरा स्थित एक घरमा शनिबार आगलागी भएको छ।

खाना पकाउने ग्याँस लिक हुँदा स्थानीय राजकुमार राजवंशीको घरमा अपरान्ह ३ बजे आगलागी भएको हो।

Advertisement

आगलागीबाट राजवंशीको ६ कोठे पक्की घर तथा घरभित्र रहेको तीन तोला सुनका गहना, ६५ तोला चाँदी, खाधान्न, भाडाकुँडाहरु जल्दा करिब २२ लाखको क्षति भएको प्रारम्भिक अनुसन्धान गरिएको छ।

आगलागी इलाका प्रहरी कार्यालय रानी र बुधनगरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको मद्दतमा अपरान्ह ४ बजे नियन्त्रणमा आएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top