राष्ट्रपति भण्डारीद्वारा ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित

२७, चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गरेकी छन् ।

Advertisement

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषित गरेकी हुन् ।

२०७६ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष विभूषित गरिने भनिए पनि कोरोनाका कारण रोकिएको थियो । आज २०७६ सालमा नै घोषणा गरिएकाहरुलाई विभूषित गरिएको हो ।

Advertisement

महाउज्ज्वल राष्ट्रदीप मानपदवीबाट साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारीलाई मरणोपरान्त विभूषित गरिएको छ ।

यस्तै, सु–प्रसिद्ध प्रबल जनसेवा श्रीबाट सात जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट एक जना, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट एक जना, सु–कीर्तिमय राष्ट्रदीपबाट ९ र सु–प्रबल जनसेवा श्रीबाट एक सय १२ जना विभूषित भएका छन्।

Advertisement

त्यसैगरी कम्यूनिकेशन कर्नर एवं उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंसहित पत्रकारहरु गगन विष्ट, गणेश बस्नेत, गणेशमान गुरुङ, गोपाल खनाल, गोविन्दप्रसाद चौलागाईं, टंक पन्त र फूलमान बल प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित भएका छन् ।

यस्तै, पत्रकार राजेन्द्र अर्याल, राजबहादुर गुरुङ, लक्ष्मी पुन, सूर्यबहादुर थापा क्षेत्री, हरिप्रसाद जोशी, चन्द्र न्यौपाने, मोहन चापागाईँ, सुवास खतिवडा, दिनेश पाण्डे, गोविन्द सिंह थापा, बलराम थापा, महेश दास, यज्ञप्रसाद शर्मा लगायत २ सय जना यो मानपदवीबाट विभूषित भएका छन् ।

२०७७ सालमा घोषणा गरिएका पाँच सय ९४ जनालाई आउँदो बुधवार विभूषित गर्ने तयारी छ । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top