आज २८८ संक्रमित थपिँदा १२७ जना डिस्चार्ज, सक्रिय संक्रमित २६१५ पुगे

२७ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २८८ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको हो ।

यस्तै, २४ घण्टामा १२७ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

Advertisement

नेपालमा कोरोना संक्रमणबाट आज कसैको निधन भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ नै रहेको छ ।

त्यस्तै २ हजार ६ सय १५ जना सक्रिय संक्रमित र ८४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २३ लाख ६ हजार २ सय ४४ पीसीआर परीक्षण भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top