रेलको डिब्बा छ तर इञ्जिन छैन ! (भिडियो सहित)

२७ चैत, काठमाडौं । नेपालको रेल चढ्ने नेपालीहरुको ठूलो सपना हो । ६ महिनाअघि नेपालमा रेल ल्याइसकेपनि त्यो सपना भने अहिलेसम्म अधूरै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनताका देखाएको रेल चढ्ने सपना, गत असोजमा रेल आएपछि, अब भने पूरा हुन्छ भन्ने सबैलाई विश्वास थियो तर अहँ रेल आएको ६ महिना बितेर रेलमा खिया लागिसक्दा समेत सपना विपनामा परिणत भएन । कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भयो तर कानून बन्न सकेन र रेल चलेन । कानून नभएर नचलेको रेल अब कहिले चल्छ, त्यो पनि टुंगो छैन । किनकी कानून बन्ने र बनाउने भन्दा सत्ताको जुहारीमा सरकार र दलहरु व्यस्त छन् । यसअघि नै सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरिसकेको छ । मात्र बन्न बाँकी छ कानून । कानून बने रेल चल्छ तर कहिले बन्छ त कानून ? जवाफ छैन । कानून बनेपछि मात्र रेलको इन्जिन नेपाल आउनेछ । त्यसैले अहिले न त कानून छ न त रेलको इन्जिन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो ।

रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको थियो । त्यहि रेल, गत असोजमा नेपाल ल्याइयो, भाडादर प्रस्ताव गरियो– ७५ रुपैयाँ तर गत पुषबाटै रेल सेवा सञ्चालन हुने भनिएपनि राजनीतिक खिचातानीको मारमा परेको छ प्रधानमन्त्री ओलीले देखाएको सपना–रेल चलाउने सपना । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको उनले जानकारी दिए । रेलमार्गमा आवश्यक कतिपय जनशक्ति भारतबाट ल्याउनुपर्नेमा भारतीयसँग सम्झौता भइसकेको छ । तर कानून अभावमा रेलको डब्बामा खिया लाग्न थालिसकेको छ । यसअघि रेल्वे कम्पनी लिमिटेडले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कुर्था–जयनगर रेलमार्गका लागि भाडा प्रस्ताव गरेको थियो । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर मार्गका लागि ७५ रुपैयाँ भाडा तिर्नुपर्ने प्रस्ताव गरिएको छ । डिलक्स सिटका लागि भने ३ सय ७५ रुपैयाँ भाडा प्रस्ताव गरिएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सय देखि एक हजार ३ सय जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement

राणा र ब्रिटिसका पाला बनेको ‘न्यारोगेज’ विस्थापित गरेर अहिले ‘ब्रोडगेज’ रेलमार्ग बनेको छ । विगतमा ‘न्यारोगेज’ रेलले जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लगाउँथ्यो । अब ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा पुग्न सकिनेछ । ब्रोडगेज रेलमा कम्तीमा १० देखि १५ डब्बा जोड्न सकिनेछ । नेपालमा पहिलोपटक ९३ वर्षअघि रेल चलेको हो । ब्रिटिस र राणाकालमा रक्सौल–अमलेखगन्ज रेलमार्ग पनि बनेको थियो । चन्द्रशमशेरको पाला विक्रम सम्वत १९८४ रक्सौलबाट अमलेखगन्जसम्म रेल आएको थियो । त्यस्तै जयनगर जनकपुर महोत्तरी रुटमा पनि ८३ वर्षअघि रेल सञ्चालनमा आएको हो । भारतस्थित ब्रिटिस शासकले महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि जनकपुरबाट महोत्तरीको बिजुलपुरासम्म ५२ किलोमिटर रेल्वे सुरु गरेको थियो । पछि रेललाई नेपाल जिम्मा लगाएपछि यात्रु बोक्न थालिएको थियो । तर २०५९ सालको बाढीले महोत्तरीको बिग्ही नदीमा रहेको पुल भत्काएपछि जनकपुरदेखि बिजलपुरासम्मको रेल सेवा पूर्णरुपले बन्द भएको थियो ।

पछि, नेपालमा रेलमार्ग निर्माण गर्ने योजना आर्थिक वर्ष २०६६/६७ बाटै सुरु भएको हो । रेल यातायातको विकास गर्ने सरकारी योजना कार्यान्वयन गराउन सरकारले २०६८ असार १ गते रेल विभाग स्थापना गरेको थियो । त्यसपछि गत असोजमा ल्याइएको रेलको डिब्बा थन्किएको छ ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top