×

NEPAL TIMES UPDATES

Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026

विश्वकप महाकुम्भ, आज तीन खेल, उपाधि दाबेदार ब्राजिल मैदानमा उत्रिदै

३ असार २०७५

विराटनगर :रुसमा जारी विश्वकप फुटबलमा हिजो भएको तेस्रो खेलमा समूह सी मा रहेको डेनमार्कले आफ्नो विश्वकप यात्रा पेरु विरुद्धको कठिन जितबाट सुरु गरेको छ ।

पहिलो हाफमा पेनाल्टीको अवसर खेर फालेको पेरुलाई १–० ले हराउँदै डेनमार्कले समूह सी मा तीन अंक जोडेको छ । यसैविच, रसिया विश्वकपमा क्रोएसियाले पनि विजयी सुरुवात गरेको छ ।

Advertisement
Advertisement

अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ । हिजोकै खेलमा अर्जेन्टिना अंक बाँड्न बाध्य भएको छ । विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसँग एक एक गोलको बराबरीमा रोकिएपछि अर्जेन्टिना अंक बाँड्न बाध्य भएको हो ।

१९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेन्टिनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि अर्जेन्टिनाले खेल जित्ने सुन्दर मौका चुकाएको हो । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो ।

रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।

Advertisement
Advertisement

चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल वेलुकी पौने ९ बजे सुरु हुनेछ । आजै राति पौने १२ बजे ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् । पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top