हुण्डी कारोबार के हो ? कसरी पक्राउ परिन्छ ? (भिडियो सहित)

२७ चैत ७७, शुक्रबार
Share this
842shares

२७ चैत । लाखौँ नेपालीहरु वैदेशिक रोजगारमा छन् । त्यसैको बलमा देशको अर्थतन्त्र अडिएको छ । नेपालको अर्थतन्त्रलाई रेमिटेन्सले धानेको पनि भनिन्छ ।

Advertisement

हुन पनि हो, विदेशमा श्रम बेचेर आएको पैसा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत घर पठाएर नै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । तर पछिल्लो समयमा बैंकिङ च्यानलको सट्टामा अन्य दलालहरुको माध्यमबाट पैसा पठाउने क्रम बढेको छ । जसलाई हुण्डी कारोबार भनिन्छ, त्यसले अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ । हुण्डीमार्फत स्वदेशमा रकम त भित्रिएको छ तर त्यसको हिस्सा देशको ढुकुटीमा नगई दलालको हातमा मात्रै सिमित भएको छ सँगै विदेशमा बगाएको पसिनाको मूल्यसमेत जोखिममा पर्ने गरेको छ । पछिल्लो समयमा नेपालमा हुण्डी कारोबार मौलाएको छ । समय–समयमा कारोबारी पक्राउ पर्ने घटनाले भित्रभित्रै हुण्डी कारोबारीको गिरोहले अर्थतन्त्रलाई नै गाँजेको प्रष्ट हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा अवैध तरिकाले पैसा पठाउने तरिका हुण्डी हो । यसको अर्थ, पैसा पठाउन राज्यले तोकेको बाटो प्रयोग नगरी, गैरकानुनी बाटोको प्रयोग गरी पैसाको कारोबार गरिन्छ । यतिसम्म कि कालो धनलाई सेतो पार्न पनि हुण्डीको प्रयोग गर्ने गरेको सुनिन्छ । निश्चित सेवा शुल्क तिरेर बंैक वा रेमिटेन्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो, आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ । रेमिट्यान्स औपचारिक र अनौपचारिक गरी दुई माध्यमबाट आउँछ । औपचारिक माध्यम बैंकिङ च्यानल हो भने अनौपचारिक माध्यम भनेको हुण्डी हो ।

खासगरी अन्तर्राष्ट्रिय रुपमा पैसाको कारोबार गर्दा, अवैध बाटो हुण्डीको प्रयोग गर्ने गरिन्छ । जस्तो कि, कतारबाट नेपालमा पैसा पठाउनुपरे हुण्डीको कतारमा रहेको एजेण्टलाई पहिले पैसा दिइन्छ । पैसा पाएपछि, त्यो एजेण्टले नेपालको एजेण्टलाई खबर गरि नेपालको एजेण्टले यहाँको सम्बन्धित व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनिहरुले कमिशन लिन्छन् । आयातमा पूर्णतः निर्भर नेपालका लागि विदेशी मुद्रा अति नै महत्वपूर्ण हो, बंैकिङ प्रणालीमार्फत पठाएको रकम रकम विदेशी मुद्रामा आउँछ र बैंकले नै त्यसलाई साटेर नेपाली मुद्रा दिन्छन् । तर हुण्डी मार्फत विदेशी मुद्रा भित्रिंदैन । हुन्डी पनि रेमिट्यान्स नै हो तर रकम अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन र त्यसले विदेशी मुद्रा बढाउँदैन । स्वदेशमा पैसा पाएपनि विदेशी मुद्राको सञ्चिती बढ्दैन, राज्यलाई फाइदा पुग्दैन । बैंकिङ प्रणालीबाट भन्दा समय कम लाग्ने, अन्य प्रकृयागत झन्झट नहुने लोभले कतिपय हुण्डी कारोबारमा लोभिएका छन् । विशेषगरि व्यापारिक सम्बन्ध भएका मुलुकहरुबाट व्यापारीहरुले विदेशी मुद्रा उतै लिएर सामान ल्याउने उपाय अपनाउँदा हुण्डी कारोबार बढेको छ । तर हुण्डी कारोबार व्यापारिक लाभका लागि मात्र सिमित छैन । लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको तथ्य बाहिर आइसकेको छ । आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत नै कारोबार हुने गरेको बताइन्छ ।

Advertisement

गैरकानुनी रुपमा पैसा कमाउन सकिने र त्यसको कारोबारबारे सरकार बेखबर हुने भएकाले पनि कारोबारी बढेका छन् । हुन त, कतिपय देशहरुबाट अझैपनि रेमिटेन्स पठाउन भरपर्दो माध्यम नहुँदा हुण्डी कै भर पर्नुपर्ने बाध्यता छ । तर त्यस्तो कारोबारबाट राज्यलाई त घाटा हुन्छ नै त्यसभन्दा बढि विदेशमा श्रम बेच्ने नेपालीहरु नै जोखिममा पर्छन् । पैसा पठाउँदा स्रोत खुलाउनु नपर्ने, भनेको बेला पैसा पठाउन सकिने फाइदाका कारण हुण्डी कारोबार फस्टाएपनि पठाएको रकम बीचैमा हिनामिना हुने सम्भावना हुन्छ । गैरकानुनी कारोबार भएकाले पैसा पठाएको एजेण्ट पक्राउ परेमा महिनाँै पसिना बेचेर कमाएको धन पनि डुब्ने त्रास सँधै हुन्छ । किनभने, हुण्डीबाट गरिएको कारोबार दण्डनीय हो । हुण्डी कारोबारको अनुसन्धान नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्छ । त्यसरी गैरकानुनी ढंगले पैसाको कारोबार भएको खण्डमा विभागले कारबाही गर्छ । दैनिकजसो हुण्डी कारोबारी पक्राउ परिरहेको घटनाले हुण्डी कारोबार एकदमै धेरै जोखिमपूर्ण छ र विश्वास गर्न उपयुक्त छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top