भारतमा एकैदिन थपिए १ लाख ४५ हजार संक्रमित

२८ चैत्र, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

Advertisement

यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ। एक महिनायता भारतमा संक्रमितसंगै कोरोनाका कारण मृत्यु दर पनि बढ्दो छ।

शनिबार बिहानसम्म थप ७९४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ।

Advertisement

मुम्बईमा सोमबार बिहान ७ बजेसम्म लकडाउन गरिएको छ। महाराष्ट्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि संक्रमण दर बढ्दो छ।

त्यसैले संक्रमण फैलिन नदिन कतै लकडाउन गरिएको छ त कतै कर्फ्यू घोषणा गरिएको छ। हाल भारतमा १० लाख ४६ हजार ६३१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top