गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न अदालतको आदेश

गच्छदारको काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न अदालतको आदेश

२८ चैत्र, काठमाडौं ।
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न विशेष अदालतले आदेश दिएको छ ।

स्थायी ठेगानामा पठाएको म्याद गच्छदारले नबुझेपछि यस्तो आदेश दिइएको हो ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न भूमिका निर्वाह गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा दायर गरेको मुद्दाका लागि म्याद तामेल भए पनि गच्छदारले बुझेका थिएनन् ।

शुक्रबार विशेषका अध्यक्ष प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको इजलासले काठमाडौंस्थित ठेगानामा म्याद तामेल गर्न आदेश दिएको हो ।

आदेशपछि काठमाडौंमा रहेको उनको निवासमा म्याद तामेल गरिने विशेषले जनाएको छ । १७ चैतमा सरकारका तर्फबाट दायर मुद्दामा विशेषले पुनः म्याद तामेल गर्न आदेश दिएको हो ।

उनलाई हाजिर हुन दिइएको अवधिभित्र उपस्थित नभएपछि अबको प्रक्रिया के हुने वा के गर्ने भन्ने विषयको निक्र्यौल गर्न विशेषमा यो निवेदन दिइएको थियो ।

त्यसैमाथि शुक्रबार फैसला आएको हो । मुद्दा दायर भएपछि १४ महिना नाघ्दासमेत उनी अदालतमा उपस्थित भएनन् ।

म्याद बुझ्नै नमानेपछि अदालतका कर्मचारीले २३ फागुनमा उनको स्थायी वतन सुनसरीस्थित घरमै पुगेर एक महिनाभित्र उपस्थित हुने म्याद टाँसेका थिए ।

तर, यस अवधिमा पनि उनी अदालत पुगेनन् । यसै कारण अबको प्रक्रिया के हुने भन्ने सन्दर्भमा विशेषबाट गच्छदारको काठमाडौंस्थित घरमा म्याद टाँस्ने आदेश भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.