२४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

२८ चैत,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ३७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ८ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३९ पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको छ । नेपालमा हाल कुल सक्रिय संक्रमितको संख्यामा २८०० सय रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top