कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिए

२९ चैत्र, एजेन्सी ।
चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा १३ श्रमिक थुनिएका छन्।

Advertisement

स्थानीय प्रशासनले खानीभित्रै थुनिएका ती श्रमिकहरूको उद्धारकार्य भइरहेको जानकारी दिएको छ।

खानीबाट उद्धारकर्मीहरूले अहिलेसम्म ८ श्रमिकलाई निकालेका र १३ जना अझै भित्रै थुनिएको चिनियाँ सञ्चारमाध्यमहरूमा उल्लेख छ।

Advertisement

श्रमिकहरूलाई निकाल्न अहिले खानीभित्र अक्सिजन पठाइएको र त्यहाँ रहेको पानी पम्पले तानेर निकाल्ने काम भइरहेको उद्धारकर्मीहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top