एक हप्ताभित्र खुलामञ्चबाट बसपार्क हट्ने

३० चैत, काठमाडौ । एक हप्ताभित्रै खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले पार्किङ सार्न लागेको हो ।

Advertisement

खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, काटेश्वर वा सो भन्दाबाहिरबाट छुटाउने तयारी छ ।

‘हामीले अरनिको यातायातसहित सम्बद्ध कम्पनीलाई खुलामञ्चबाट उपयुक्त स्थानमा बसपार्क लैजान भनिसकेका छौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘एक हप्ताभित्रै खुलामञ्च सार्वजनिक कार्यक्रम गर्ने मञ्चका रुपमा पुनर्स्थापित गर्छौं ।’ उनका अनुसार खुलामञ्चमा वीर अस्पतालको भवन निर्माणका क्रममा ठेकदारले बनाएको संरचना पनि हटाइनेछ ।

Advertisement

अहिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, खोटाङ, ओखलढुंगा लगायतका क्षेत्रमा जाने बसहरु खुलामञ्चको बसपार्कबाट छुट्छन् । यी बसहरु अन्य स्थानको बसपार्कबाटै छुटाउने योजना महानगरको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top