×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘खैरे’ कुकुरको हत्या : वास्तविकता के ? (भिडियो सहित)

१ बैशाख २०७८

१ वैशाख, काठमाडौं । पशु भएरपनि मानवको अति प्रिय घार्मिक र सामाजिक रुपमा महत्वपूर्ण घरपालुवा जनावर कुकुरलाई निर्ममतापूर्वक मारिए घटनाले अहिले सामाजिक सञ्जाल तरंगित छ ।

एउटा कुकुरलाई बिजुलीको पोलमा बाँधेर दुई जना पुरुषले फलामको रड र कोदालोले हिर्काएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले देशभरका पशुप्रेमी तथा अधिकारकर्मीहरु एकताबद्ध भएका छन् । दुई साताअघिको घटना काभ्रे जिल्लाको धुलिखेल नगरपालिका ४ मा रहेको २८ किलो भन्ने ठाउँको हो । त्यहाँको बस्ती नजिकैको खेतमा दुई पुरुषले निमर्मतापूर्वक मारेको कुकुरको नाम खैरे हो । नजिकै रहेको होस्टलमा बस्ने कसैले भिडियो खिच्यो र इन्स्टाग्राममा पोष्ट गरेलगत्तै भिडियो भाइरल भयो । एउटा बालकलाई टोकेको आरोपमा खैरेलाई क्रुरतापूर्वक मारिएको भन्दै खासगरी युवा जमात झनै आक्रोशित छ । पशुअधिकारकर्मीहरु दोषीलाई कारबाहीको माग राख्दै सडक तताउन पुगिसकेका छन् । भिडियो भाइरल भएपछि जनावरप्रेमीहरुले सामाजिक सञ्जालबाटै घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग राखे । केहि जनावरप्रेमीहरु त्यतिबेलै धुलिखेल पुगेपछि स्थानीयहरुसँग विवाद भयो । कुकर मार्नेको घर खोज्नेक्रममा एक व्यक्तिको घरमा ढुंगामुढा गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लियो । घटना यतिकैमा सकिएन, पशुअधिकारमाथि पटक–पटक प्रहार गरिएको भन्दै दोषीलाई कडा भन्दा कडा सजायको माग राख्दै अहिले युवाहरु आन्दोलनमा उत्रिएका छन् । दोषीलाई कारबाही गर्न माग राख्दै चैत २९ गते दुई वटा समूहले प्रहरीमा उजुरी दिइसकेका छन् ।

Advertisement
Advertisement

जनावर प्रेमी सिर्जना पञ्जियारको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा उजुरी दिएका हुन् । सार्वजनिक स्थलमा पशु चौपायालाई मार्न नपाइने कानूनी व्यवस्था छ । त्यस्तो गरेमा एक महिना कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । तर पशुअधिकारका सवालमा कानून कार्यान्वयनमा कडाई नगरिने भन्दै पशुअधिकारकर्मीहरु बढि असन्तुष्ट छन् । खैरे कुकुरको हत्या गर्नेलाई कानूनअनुसार कारबाही गर्न माग राख्दै काठमाडौंमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बुधबार माइतीघरमा भेला भएका पशु अधिकारकर्मीहरुले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । संविधानको परिच्छेद २७ को दफा २९१ मा सार्वजानिक स्थलमा पशु वा पक्षी मार्न नहुने बारे उल्लेख गरिएको छ । यसमा लेखिएको छ– कसैले पनि कुनै पशु वा पक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नु हुँदैन । यस दफाको प्रयोजनको लागि “सार्वजनिक स्थल” भन्नाले बाटो, सडक, पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँ सम्झनु पर्छ । यस दफा बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

यस्तै सोही परिच्छेदमा कसैले कुनै पनि पशुपन्छीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानीकारणक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपन्छी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा कु्रर व्यवहार गर्न हुँदैन समेत भनिएको छ । त्यसो गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । तर यो कानून पूर्ण रुपमा कार्यान्वयन नभएको अवस्थामा यसपटक तातिएको खैरे प्रकरणले कानून कार्यान्वनमा कोशेढुङा सावित हुने धेरैको अपेक्षा छ ।

Advertisement

 

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top