माओवादी केन्द्र नभए पनि देश चल्छः प्रदीप ज्ञवाली

३ बैशाख ७८, शनिबार

४ वैशाख, काठमाडौं ।
नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बालुवाटारमा शनिबार डाकिएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नभएकोप्रति आक्रोश ब्यक्त गरेका छन्।

Advertisement

बैठकमा भएको छलफलबारे जानकारी गराउँदै उनले प्रधानमन्त्रीले माओवादीलाई बैठकमा सहभागी हुन निम्ता दिएको दाबी गरे।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार ओलीले आफूलाई फोन गरेको बताएको भए पनि उनको सचिवालयले शनिवार बिहान आफूलाई सर्वदलीय वैठकमा सहभागी हुने निम्ता नआएको बताएका थिए।

Advertisement

ज्ञवालीले जानकारी दिँदा बैठकमा नआएर गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाए। ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताए। सबैले थाहा पाउने कुरा हो उहाँहरु नहुँदा पनि देश चल्छ, उनले भने।

माओवादी केन्द्रसहित एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल तथा जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि बैठक बहिष्कार गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top