‘सरकार संकटमा पर्न थालेपछि अधिवेशन अन्त्य’

Share this
740shares

८ बैशाख, काठमाडौ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन सोमबार एकाएक अन्त्य हुनुमा सरकारमाथि मडारिएको संकट मुख्य कारक रहेको छ।

Advertisement

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार १ बजे बोलाएको प्रतिनिधिसभा बैठकका लागि आवश्यक तयारी गरिरहेका बेला उनीसँग परामर्श नगरी सरकारले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

सत्तारुढ एमालेसँगको सहमतिमा सभामुख सापकोटाले मंगलबारका लागि प्रतिनिधिसभा बैठक बोलाएका थिए।

Advertisement

केपी शर्मा ओली नेतृत्वको सरकारले सभामुखसँग परामर्श नगरी अधिवेशन अन्त्य गर्नु संसदीय अभ्यासविपरीत हो।

ओली सरकारको यो कदमले सभामुखको मात्र होइन, संसदीय व्यवस्थाको पनि अपमान भएको राजनीतिक विष्लेषण छ। प्रायः संसद् अधिवेशन अन्त्य राति ९ बजेदेखि लागू हुनेगरी गरिएको इतिहास छ।

Advertisement

तर यो अधिवेशन दिउँसो १ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको छ। राष्ट्रपतिबाट पठाइएको अधिवेशन अन्त्य भएको पत्रमा सभामुखलाई सम्बोधन गरिएको छ।

यसअघि संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर अधिवेशन अन्त्यको पत्र पठाइन्थ्यो। गएको बर्खे अधिवेशन अन्त्यको सिफारिस गर्दा पनि सभामुखसँग सल्लाह गरिएको थिएन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top