दिल्लीमा यूके भेरिअन्ट तीव्र गतिमा फैलँदै

१० बैशाख ७८, शनिबार

११ वैशाख, बीबीसी ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतको राजधानी दिल्लीमा यूके भेरिअन्टबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको पाइएको छ।

गत मार्च महिनाको तुलनामा सङ्क्रमणमा तीव्र वृद्धि देखिएको हालै गरिएको भाइरसको जीनोम स्याम्पलिङबाट थाहा भएको अधिकारीहरूले बताएका हुन्।

न्याश्नल सेन्टर अफ डिजीज कन्ट्रोलका निर्देशक डा. सुजित सिंहका अनुसार दिल्लीमा गत मार्चको दोस्रो सातातिर सङ्क्रमितमध्ये २८ प्रतिशत यूके भेरिअन्टबाट पीडित भएको पाइएको थियो भने मार्चको अन्त्यतिर त्यो बढेर ५० प्रतिशत पुगेको छ।

Advertisement

यूके भेरिअन्टले सङ्क्रमणको दर मात्रै बढाएको नभई सङ्क्रमितको स्थितिलाई जटिल बनाउने गरेको र त्यसबाट मृत्युदरमा पनि वृद्धि भएको उनले बताए।

खोपको प्रभावकारिता

Advertisement

निर्देशक सिंहका अनुसार पछिल्ला दिनमा भारतीय भेरिअन्टबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या पनि बढ्दो क्रममा पाइएको छ।

त्यसमा दुइटा म्यूटेशन देखिएको छ जसका कारण त्यो बढी सङ्क्रामक छ र त्यसले खोपको प्रभावकारितालाई पनि कम गर्न सक्छ, उनले थपे।

सङ्क्रमणको हिसाबले दक्षिण अफ्रिका र ब्रजिल भेरिअन्टको हिस्सा ११ प्रतिशत पाइएको सिंहले एउटा वेबिनारमार्फत् जानकारी गराए।

उनका अनुसार ती दुई भेरिअन्टले सङ्क्रमितको अवस्था कति गम्भीर बनाउने गरेका छन् भन्नेबारे अध्ययन भइरहेको छ।दिल्ली त्यस्ता राज्यमध्ये एउटा हो जहाँ विदेशबाट फर्केका व्यक्ति र उनीहरूको सम्पर्कमा आएका व्यक्तिमा भन्दा स्थानीय समुदायमा यूके भेरिअन्ट बढी पाउने गरिएको छ।

दिल्लीबाहेक पञ्जाब, छत्तीसगढ र गुजरातमा पनि समुदायस्तरमा यूके भेरिअन्टबाट सङ्क्रमित हुनेहरू बढी पाइएका छन्। कोभिड–१९ का कारण शुक्रवार बलिवूडका चर्चित सङ्गीतकार श्रवणको निधन भएको परिवारले जनाएको छ।

उनी केही दिनअघि मात्र कुम्भ मेला लाग्ने हरिद्वारबाट फर्केका थिए। कुम्भ मेलामा सहभागी लाखौँ मानिसमध्ये थुप्रैलाई सङ्क्रमण भएको पाइएको छ।

बिरामीको चाप बढ्दो

देशभरि दिनदिनै सङ्क्रमितहरू उच्च सङ्ख्यामा बढिरहँदा अस्पतालमा शय्याका साथै अक्सिजनको पनि अभाव हुन थालेको छ।

कोलकतास्थित सघन उपचार विशेषज्ञ डा शाश्वती सिंहाले आपत्‌कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भएको बताइन्। आफ्नो २० वर्षको कार्यकालमा मैले यस्तो अवस्था अहिलेसम्म देखेकी थिइनँ, उनले थपिन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले अति प्रभावित राज्यका मुख्यमन्त्री र अक्सिजन उत्पादकहरूसँग शुक्रवार भेटेघाट गरेका छन्। सहयोगका लागि याचना गर्दै मोबाइल फोनमा आउने गरेका सन्देशहरूले हिजोआज एकाबिहानै आफूलाई उठाउन थालेको बीबीसीका भारत अनलाइन संवाददाता सौतिक विश्वास बताउँछन्।

मानिसहरूले सङ्क्रमित आफन्त तथा साथीहरूका लागि अस्पतालमा शय्या, जीवनदायी औषधि, अक्सिजन र प्लाजमाका लागि याचना गरिरहेका छन्।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top