कार्यान्वयन हुने बजेट ल्याउन महानगरलाई सुझाव

५ असार ७५, बुधबार

विराटनगर,असार ६

Advertisement

प्रभावकारी रुपमा कार्यान्वयन हुुने खालका योजना समेटेर बजेट ल्याउन विराटनगरका निजिक्षेत्र, पर्यटन व्यवसायी, पत्रकारहरुले विराटनगर महानगरपालिकालाई सुुझाव दिएका छन् ।

विराटनगर महानगरपालिकाले आगामी वजेट र निति तथा कार्यक्रम कस्तो ल्याउने विषयमा आज आयोजित सुुझाव तथा छलफल कार्यक्रममा उनीहरुले निर्वाचनपछि आउन लागेको वजेट महानगरवासीहरुले अनुुभुुति हुनेखालको हुुनुुपर्नेमा जोड दिएका थिए ।

Advertisement

पत्रकार माहासंघ मोरङ अध्यक्ष वन्धु पोखरेलले विराटनगर प्रदेशको राजधानी भएकाले सोहि अनुुरुप पत्रकार महासंघ र पत्रकारको हकहित हुुने विषयलाई वजेटले समेटनुुपर्ने उल्लेख गरे। उनले महासंघको भवन व्यवस्थित वनाउनेदेखि पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने खालका कार्यक्रमलाई वजेटले संम्वोधन गर्नुुपर्ने बताए।

उद्योग संगठन मोरङ निवर्तमान अध्यक्ष मुुकेश उपाध्यायले निजिक्षेत्रको विकासमा वजेटले ध्यान पुु¥याउनुुपर्ने बताए । मोरङ व्यापारसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मन्दुडाले अहिले भइरहेको विकास निमार्णका संरचनालाई छिटो सम्पन्न गर्ने तर्फ महानगरपालिकाको ध्यान जानुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रमा पर्यटन व्यवसायी भवेष श्रेष्ठले पर्यटक जाने र त्यसका प्रतिफल आउने पर्यटकिय स्थलहरुमा महानगरपालिकाले लगानी गर्नुुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानगरपालिकाको मेयर भीम पराजुुलीले समवृद्ध विराटनगर वनाउनेगरी यसपटकको वजेट आउने उल्लेख गरे । महानगरपालिकाका कार्यकारी अधिकृत कुुमारप्रसाद दाहालले स्थानिय स्तरवाट आएको सुुझावलाई समेटेर महानगरपाकिलाले वजेट र निति तथा कार्यक्रम ल्याउने उल्लेख गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top