निषेधाज्ञामा पनि ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरु तोकिए

१५ वैशाख, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न उच्चस्तरीय ¥यापिड रेस्पोन्स टिम बनाएको छ ।

मन्त्रालयका अधिकारीहरु सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल हल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. नारायण प्रसाद रेग्मीले बताए ।

मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरु पनि तोकिदिएको छ ।

आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको हकमा जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको हो ।

मन्त्रालयले सम्बन्धित व्यक्तिहरुको मोबाइल नम्बरसमेत दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा केही समयमा सम्पर्क गर्न पनि भनेको छ ।

सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । साथै काठमाडौं उपत्यका बाहिरका अन्य जिल्ला प्रशासन कार्यालयहरुले पनि निषेधाज्ञा जारी गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top