भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो

१५ वैशाख, एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा प्रभावित महाराष्ट्रमा ६६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने उत्तर प्रदेश र केरलामा ३२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

कर्नाटकमा पनि थप ३१ हजार संक्रमित भेटिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७९ लाख ९७ हजार नाघेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २९ लाख ७८ हजार नाघेको छ ।

भारतमा उल्लेख्य संख्यामा कोरोनाको संक्रमण बढेसँगै अमेरिकालगायत केही मुलुकले भारतलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top