‘जनमोर्चाले आफ्नो निष्ठा जोगाउनका लागि पनि सांसद शाहीमाथि कारबाही गर्नुपर्छ’

१६ बैशाख, काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश सभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताए ।

Advertisement

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरूले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् ।

बिहीवार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे ।

Advertisement

गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी हराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top