औषधिको अभाव हुन दिन्नौं : औषधि व्यवस्था विभाग

१६ बैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड महामारीमा औषधिको अभाव नहुने जानकारी दिएको छ । कोभिड १९ को महामारीले भयानक रुप लिएसँगै अत्यावश्यक औषधि अभाव हुने डर पैदा भएको बेलामा विभागले यस्तो जानकारी दिएको हो ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘औषधिको अभाव भएको छैन । अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पूर्व तयारी गर्दै छौं ।’

भारतमा कोभिड १९ महामारी नियन्त्रण बाहिर गएको अवस्थामा पनि त्यहाँबाट नेपालमा औषधि आयात भइरहेको उनले बताए । ‘भारतको अवस्था विकराल बने पनि औषधि आयातमा कुनै अवरोध छैन ।’–उनले बताए ।

आइसीयुमा रहेको बिरामीका लागि तत्काल प्रयोग हुने रेम्डीसिभीर नामको इन्जेक्सन भने भारतले निर्यातमा रोक लगाएको उनले जानकारी दिए । तर उक्त इन्जेक्सन बङलादेशमा पनि उत्पादन हुने भएकाले बङलादेशबाट ल्याउन अनुमति दिइसकेको समेत उनको भनाई छ ।

कोभिड १९ को महामारीसँगै एन्टिबायोटिक औषधिको प्रयोग बढेको छ । रुघाखोकी, ज्वरो, निमोनिया, दम बढ्ने, प्रसर आदि लक्षणहरु कोभिडको लक्षण भएकाले सिम्टम्याटिक औषधिहरुको खपत बढेको सूचना अधिकारी केसीले बताए ।

औषधिको लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको र भारतबाट आयात गर्न नसकिए पनि चीनबाट आयात गर्न सकिने उद्योगीहरुले आफूलाई जानकारी दिएको उनले स्पष्ट पारे । केही महिनाका लागि पुग्ने कच्चा पदार्थ मौज्दात रहेको समेत केसीले जानकारी दिए ।

महामारीलाई नै कन्द्रिीत गरेर सम्बन्धीत पक्षहरुसँग छलफललाई तिब्रता दिएको पनि सूचना अधिकारी केसीले बताए । विभागले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय, गृह मन्त्रालय लगायतसँग छलफल बढाएको उनको भनाई छ ।

औषधिमा कालोबजारी हुन सक्ने कुरालाई ध्यानमा राखेर अनुगमनलाई व्यापक बनाउने तयारी समेत गरेको केसीले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top