२४ घण्टामा ३५ जनाको मृत्यु, थप ४९२८ जनामा संक्रमण

१६ वैशाख, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन ३५ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म ज्यान गुमाउने संक्रमितको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

यस्तै २४ घण्टामा मात्रै थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय ६० जनाको कोरोना परीक्षण गर्दा आरटीपीसीआरबाट ४ हजार ८ सय ३१ र एन्टीजेन परीक्षणबाट ९७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।

यस्तै २४ घण्टामै ८ सय ८८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पनि दिनदिनै बढिरहेका छन् । आजसम्म विभिन्न आइसोलेसनमा पुष्टि भएका केसहरुको संख्या ३४ हजार नाघेको छ । देशभर कुल सक्रिय संक्रमित ३४ हजार १ सय १७ जना रहँदा ५९ जना क्वारेन्टिनमा रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top