गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेले लिए सपथ

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङेले लिए सपथ

१६ बैशाख, काठमाडौँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार दिउँसो खेलकुद मन्त्रीमा नियुक्त गरेका मनाङेलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा ‘पेन्डिङ’ रहेका बेला मुख्यमन्त्रीले मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।

संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.