राष्ट्रिय सभाको उपनिर्वाचन : आयोगद्वारा चुनाव चिह्न प्रदान

१५ बैशाख ७८, बिहीबार

१६ बैशाख, काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पाँच दललाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचन प्रयोजनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गरी पाँच दल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरी प्रदान गर्ने निर्णय गरेको बिहीबार आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

आयोगले दल सम्बन्धी ऐनमा भएको मान्यता अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई सूर्य चिन्ह , नेपाली कांग्रेसलाई रुख चिन्ह , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई लाकारभित्र हँसिया हथौडा चिन्ह , राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह , नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्हको मतपत्रमा समावेश गर्ने निर्णय पनि आयोगले गरेको हो।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश गरी तयार पारिएको आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top