१६ बैशाख, धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ ।
यो प्रदेशमा कोरोना संक्रमणका कारण यसरी एकैदिन यो संख्यामा पहिलोपटक मृत्यु भएको हो ।
यसरी एकैदिन बिहीबार मृत्यु हुनेमा कैलालीका ६, कञ्चनपुरका ४, अछाम र बझाङका एक÷एक जना रहेका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीया महिला र सोही अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष तथा घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको सेती अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
त्यस्तै गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको होम आइसोलेसनमा र घोडाघोडी नगरपालिका–१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।