बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्यु

१७ बैशाख, बाँके । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

Advertisement

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १११ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top