यूरोपमा तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न डब्ल्यूएचओको चेतावनी

१७ बैशाख ७८, शुक्रबार
Share this
719shares

१७ वैशाख, एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यूरोपमा प्रतिबन्धहरु खुकुलो पारेमा भारतमा जस्तै कोरोना सङ्क्रमण फैलन सक्ने चेतावनी दिएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लुगले कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा यूरोपमा पनि भारतजस्तै कोरोना फैलन सक्ने चेतावनी दिएको एएफपीले जनाएको छ ।

कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिएको र खोपको दर निकै कम रहेकाले यो बेला प्रतिबन्धहरु खुकुलो पारेमा कोरोनाको आँधी आउने क्लुगले बताए । भारतमा कोरोना सङ्क्रमण फैलिनुमा विभिन्न कारणले गरिएका भीडहरु रहेको भन्दै डब्ल्यूएचओले यूरोपमा पनि उस्तै गल्ति दोहोरिन थालेको बताएको छ ।

Advertisement

झण्डै १६ प्रतिशत मानिसलाई कम्तीमा पहिलो डोज खोप दिइसकेपछि यूरोपका देशहरुले चरणबद्ध रुपमा प्रतिबन्धहरु खुकुलो पार्न थालेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top