सरकारी निर्णयको बेवास्ता गर्दै रुकुम पूर्वका विद्यालयमा परीक्षा सञ्चालन

१७ वैशाख, रुकुम । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेको छ।

नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनको अवज्ञा गर्दै सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा विद्यालयमा कक्षा १० को ल्याकत परीक्षा सञ्चालन गरिरहेको छ।

सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायिक र १ ओटा संस्थागत विद्यालयमा हिजोबाट कक्षा १० को परीक्षा सुरु भएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनको दाबी छ । कक्षा १ देखि ९ सम्मको परीक्षा आउँदो २२ गतेदेखि सुरु गरिने निर्णय भएको शिक्षा शाखा प्रमुख बुढाले बताए ।

परीक्षा दिन आएका विद्यार्थीहरुले उपस्थित नभएमा फेल भइने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् ।

सबैतिरका विद्यालय र परीक्षाका कार्यक्रमहरु स्थगित भएको बेला स्थानीय सरकारले विद्यार्थीको स्वास्थ्य अवस्थाको जोखिमलाई बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

डीसीसीएमसीले कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन र परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।

केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी राईले गाउँपालिकाहरुलाई पटक–पटक अनुरोध गर्दा पनि निर्णयको नमानेको बताएका छन् ।

आजैबाट कोरोना परीक्षणको कार्यलाई तीव्र पार्ने र सङ्क्रमित भेटिएमा स्थानीय प्रशासन ऐनको आधारमा रहेर विद्यालय बन्द गराउने उनले बताए ।

यहाँको भूमे गाउँपालिकाले पनि आउँदो १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ भने पुथाउत्तरगंगा गाउँपालिकाले वैशाखको २० गतेबाट वार्षिक परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top