काठमाण्डौसहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने

१८ बैशाख, काठमाडौं । आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश–१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।

आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

Advertisement

आज राति पनि प्रदेश–१ लगायत पहाडका केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ ।

आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top