मेडिकल कलेज र निजी अस्पताल खाली,संक्रमितले उपचार पाउनै मुस्किल

१९ बैशाख, काठमाडौं । कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् ।

Advertisement

कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रबारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ ।

काठमाडौं उपत्यकामा मात्रै त्रिवि शिक्षण अस्पतालसहित ४ वटा मेडिकल कलेज छन । काठमाडौं विश्वविद्यालय (केयू) को नेपाल मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालयको किस्टका साथै नेपाली सेनाको कलेज (वीरेन्द्र अस्पताल) पनि छ । मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणअनुसार त्रिवि शिक्षण र वीरेन्द्र अस्पतालमा संक्रमितको उपचार भइरहेको छ ।

Advertisement

किस्ट, नेपाल मेडिकल र काठमाडौं मेडिकल कलेजमा संक्रमितको उपचार भएको विवरण छैन । केयूकै धुलिखेल अस्पताल पनि नजिकै छ । यी मेडिकल कलेजमा कम्तीमा ५ सय बिरामी अटाउने क्षमता छ । एउटा मेडिकल कलेजमा कम्तीमा ५० शय्याको आईसीयू छ ।

त्रिवि र केयूका गरी मुलुकभर १७ वटा मेडिकल कलेज सञ्चालनमा छन । एउटा मेडिकल कलेजको सरदर ५ सयका दरले हिसाब गर्ने हो भने शय्या संख्या ८ हजार ५ सय हुन्छ । कतिपय मेडिकल कलेजमा ९ सय शय्यासम्म छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top