एक सय लिटर घरेलु मदिरा बरामद

७ असार ७५, शुक्रबार

मोरङ, असार ८

“घरेलु मदिरा नियन्त्रण अभियान” अन्तर्गत मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ।

Advertisement

बरामद मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगर पठाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top