प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

२१ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

कांग्रेसले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अन्य दलसँग पनि छलफल गर्ने निर्णय पनि गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् ।

यसअघि आजै नेकपा माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.