१० दिन क्वरेण्टीन बस्ने पालिकाको सिफारिसमा उपत्यका छाड्न पाइने

२१ बैशाख ७८, मंगलबार
Share this
845shares

२१ बैशाख, काठमाडौं । सम्बन्धित पालिकाले १० दिन क्वरेण्टीनमा बस्ने सिफारिस दिएपछि काठमाण्डौ उपत्यकाबाट बाहिर जान पाइने भएको छ ।

Advertisement

निषेधाज्ञा लम्ब्याउन बसेको काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रूपले १० दिन क्वरेण्टीन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा जान दिने निर्णय गरेको हो ।

काठमाण्डौ उपत्यकाबाट गएर पुग्ने सम्बन्धित पालिकाले सिफारिस दिएमा उपत्यका छाड्न दिने निर्णय भएको काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top