शिक्षण अस्पताल नेपालगञ्जले कोरोनाका थप बिरामी भर्ना नलिने

२१ बैशाख ७८, बुधबार

२२ बैशाख, नेपालगञ्ज । शिक्षण अस्पताल नेपालगञ्जले अस्पतालमा उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ ।

अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधवार (आज) विज्ञप्ति निकालेर लिक्विड अक्सिजन ट्याङ्क सकिएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको हो ।

अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अहिले उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित भर्ना गर्न नसक्ने अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनौडियाले जानकारी दिए ।

अस्पतालले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क यथाशक्य चाँडो उपलब्ध गराइ दिए तुरुन्त तीन सय शय्याको कोभिड वार्डमा बिरामी भर्ना थाल्ने जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top