कोरोना विरुद्धको खोपलाई बौद्धिक अधिकार बाहिर राख्न बाइडेनको समर्थन

२२ बैशाख ७८, बिहीबार

२३ बैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्ने समर्थन गरेका छन् ।

विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले कोरोना खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्न गरेको पहललाई राष्ट्रपति बाइडेनले समर्थन गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकामा डेमोक्रेटिक सांसदसहित अरु भारत, दक्षिण अफ्रिका लगायत एक सयभन्दा बढी देशले महामारी नियन्त्रणका लागि एकैपटक धेरै खोप उत्पादन गर्नुपर्ने भएकाले यसलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्न दबाब दिइरहेका छन् ।

आविष्कार भएको खोप उत्पादन गर्न सक्षम उत्पादकलाई स्वतन्त्र रुपमा उत्पादन गर्न दिएमा चाँडो खोप उत्पादन भएर सहज आपूर्ति हुने र यसले महामारी नियन्त्रणमा सहज हुने विश्व व्यापार सङ्गठनको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डाक्टर टेड्रास गेब्रेसियसले कोरोना महामारी नियन्त्रणका लागि बाइडेनको समर्थन ऐतिहासिक भएको बताएको रोयटर्सले जनाएको छ । तर खोप आविष्कार गरिरहेका कम्पनीहरुले भने बौद्धिक अधिकार छुटको विरोध गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top