मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते

२३ बैशाख ७८, शुक्रबार

२४ वैशाख, एजेन्सी । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् ।

बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।

राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ ।

उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ राखेर विष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।

५३ वर्षीय नाशिद उपचाररत अस्पतालले उनलाई धेरै ठाउँमा चोट लागेको र स्वास्थ्य अवस्था स्थीर रहेको जनाएको छ ।

मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन ।

यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top