इरान आणविक सम्झौताबाट बाहिरिएको अमेरिका फेरी फर्कने संकेत

२४ बैशाख ७८, शनिबार

२५ बैशाख, एजेन्सी । विश्व शक्ति राष्ट्रहरु र इरानबीचको आणविक सम्झौताबाट बाहिरिएको अमेरिकाले फेरी फर्कने संकेत दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसकालागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई पूर्ण पालना गर्नुपर्ने अमेरिकाको शर्त छ । अमरिकाको यस्तो संकेतसंगै विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् ।

अमेरिका र इरान दुबैले समाधान सम्भव भएको संकेत दिएपछि सुरुभएको वार्ता सफल हुने विश्वास लिइएको छ । सन् २०१५ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौता गरका थिए ।

सन् १९ सय १८मा अमेरिकालाई कुनै हित नगर्ने भन्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए । अमेरिका सम्झौताबाट बाहिरिएपछि इरान पनि पछि हटेको थियो ।

देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ । सन् २ हजार १५ मा भएको सम्झौतामा अमेरिकासँगै फ्रान्स, बेलायत, रसिया र चीन र इरानले हस्ताक्षर गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top