भारत कोरोना भाइरसः संक्रमितमा देखिन थाल्यो अति घातक ब्ल्याक फङ्गस 

२६ वैशाख, एजेन्सी ।
भारतमा दुर्लभ प्रकारको म्यूकोर्माइकोसिस अर्थात ब्ल्याक फङ्गस नामक संक्रमण देखिन थालेको छ।

कोरोना भाइरसको संक्रमण जितेका वा लड्दै गरेकाहरुमा यस्तो संक्रमण देखिएको हो । दुर्लभ तथा अति घातक प्रकारको संक्रमण म्यूकोमाइकोसिसबाट संक्रमित भएकाहरुको संख्या पछिल्लो समय बढि देखिन थालेको भारतको मुम्बईसहितका शहरका अस्पतालले जनाएको छन्।

खतरनाक फङ्गल संक्रमणबाट आँखा तथा नाकसहितका भागमा समस्या देखिने गरेको छ। कोरोना भाइरस महामारीको दोस्रो लहर भयानक रहेका बेला निको भएका वा निको हुँदै गरेकाहरुमा म्यूकोमाइकोसिसका घटना बढ्न थालेको मुम्बईका आइ सर्जन डा. अक्षय नायरले बताएको बिबिसीले उल्लेख गरेको छ।

म्यूकोमाइकोसिस माटो, बोटबिरुवा, मलखाद तथा कुहिएका फलफुल र तरकारीमा पाइने म्यूको मोल्डका कारण हुने दुर्लभ संक्रमण हो ।

यसबाट साइनस, मस्तिष्क तथा फोक्सोसहितका भागमा गम्भीर असर पर्छ। विशेष गरि मधुमेहसहितका दीर्घरोगी, क्यान्सर तथा एचआइभी संक्रमितहरुमा म्यूकोमाइसोसिस घातक बन्ने चिकित्सकहरुले बताएका छन्।

म्यूकोमाइसोसिसका कारण हुने मृत्युदर ५० प्रतिशत रहेको छ। कोरोना भाइरसबाट संक्रमित भएर गम्भीर बनेकाहरुको प्रतिरक्षा क्षमता बढाउनका लागि प्रयोग गरिएको स्टेरोइड्सका कारण हाल म्यूकोमाइसोसिसको संक्रमण देखिएको हुन सक्ने चिकित्सकले बताएका छन्।

तर स्टेरोइडका कारण प्रतिरक्षा क्षमतामा असन्तुलन हुने हुँदा कोभिड बिरामीको ब्लड सुगर मात्रा माथि लैजान्छ। यो असन्तुलनले म्यूकोमाइसोसिसलाई सहयोग गरेको हुन सक्ने विज्ञले बताएका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top