प्रदेश–२ मा १९ प्रहरी र ५६ थुनुवामा कोरोना पुष्टि

२६ वैशाख, जनकपुर । प्रदेश–२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् ।

पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १/१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये पर्साका एक जना आक्सिजनको सपोर्टमा उपचार गराइरहेको र बाँकीको अवस्था सामान्य छ । उनीहरु सम्बन्धित कार्यालयकै आइसोलेसनमा उपचार गराइरहेका छन् ।

यस्तै, प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका १० जना, धनुषाका ५ जना तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १÷१ जना थुनुवामा संक्रमण देखिएको छ । सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन् ।

संक्रमित थुनुवाहरुलाई पनि सम्बन्धित प्रहरी कार्यालयकै आइसोलेसनमा राखिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top