भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएन

२९ वैशाख, काठमाडौँ । भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएको छैन । हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारको बक्सर जिल्लाको सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् । योबाहेक गंगा नदीका विभिन्न घाटहरुमा लाशहरु तैरिरहेको अवस्थामा लाशहरु देखिएका स्थानीयले बताएको बीबीसीले जनाएको छ । भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ ।

प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ । गंगा नदी किनारमा लाश भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा लाश भेटिएको बारे अनुसन्धान गर्ने बताएका छन् ।

उनले गंगा नदीलाई सफा राख्न आफू प्रतिबद्ध भएको पनि बताएका छन् । भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको छ ।

यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै लाश भेटिएका थिए । यी लाशहरु कहाँबाट आए भन्ने यकिन नभए पनि कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव हुन सक्ने अनुमान गरिएको बीबीसले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top