सरकारले अक्सिजनको उत्पादन बढाउने

सरकारले अक्सिजनको उत्पादन बढाउने

३० वैशाख, काठमाडौँ । सरकारले कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिना व्यवधान २४ सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी÷प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरिएको जनाएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू, गृह सचिव, उद्योग सचिव, औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत विभिन्न निजी क्षेत्र तथा जनप्रतिनिधिको सहभागिता रहेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज आचार्यले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.