झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ

१० असार ७५, सोमबार

विराटनगर, असार ११

प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले मोरङको सुनवर्षी नगरपालिका ५ भेडुवाथानबाट को १ त ६४२५ नम्बरको ट्याक्टरबाट चार बोतल कोरेक्स बरामद भएपछि ट्याक्टर चालक सुनवर्षी–८ सिक्टी बस्ने सईम मियाँँसहित ट्याक्टर नियन्त्रणमा लिएको हो।मियाँले गहुँको बोराभित्र सो लागुऔषध लुकाएर ल्याउँदै थिए।

Advertisement

यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट शरणार्थी शिविर बेलडाँगी बस्ने सन्तविर राईलाई प्रहरीले १५ एम्पुल टिडिजेसिक सहित पक्राउ गरेको छ।

राईलाई डाईजेपाम ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।

Advertisement

बरामद लागुऔषधसहित राईलाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top