कक्षा ८ को वार्षिक परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्न निर्देशन

६ जेठ, काठमाडौँ ।

Advertisement

काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरभित्रका आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयलाई कक्षा ८ को परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढ्दै गएको र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सम्पन्न गर्न नसक्ने अवस्था नभएकाले आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा सम्पन्न गर्नुपर्ने विभागको निर्देशन छ ।

Advertisement

महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बुधबार लिखित निर्देशन जारी गर्दै सबै विद्यालयले जेठ २५ गतेभित्र कक्षा ८ को परीक्षाको मूल्यांकन सक्न निर्देशन दिएका छन्।

सरकारले असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्देशन दिएकाले विभागले जेठ २५ गतेभित्र कक्षा ८ लगायत सबै परीक्षा सक्न विद्यालयहरूलाई निर्देशन दिएको प्रमुख सुवेदीले बताए।

Advertisement

विभागले दिएको निर्देशनमा विद्यालयले परीक्षाको मूल्यांकन विधि नगरस्तरीय परीक्षा समितिले तोकेअनुसार गर्नुपर्ने उल्लेख छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top