×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जारी हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधान गर्न इजरायलमाथि अमेरिकाको दबाब

६ जेष्ठ २०७८

६ जेठ, एजेन्सी ।

अमेरिकाले जारी हिंसा अन्त्य गरि समस्याको शान्तिपूर्ण समाधानका लागि इजरायलमाथिको दबाब बढाएको छ ।

महत्वपूर्ण सहयोगी राष्ट्र रहँदै आएको अमेरिकाले इजारायल–प्यालेस्टाइन हिंसा दोस्रो हप्ता पुग्दा बालबालिकासहित सर्वसाधारणको ज्यान गएको भन्दै इजरायली प्रधानमन्त्रीमाथि अमेरिकाले दबाब बढाएको हो ।

इजरायलसँग प्यालेस्टाइनी हमास बिद्रोहीबाट हुन सक्ने चुनौतिमा आत्मरक्षाको अधिकार रहेको बताउँदै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आक्रमण कम गर्न आग्रह गरेको छ ।

बाइडेनको चाहना युद्धविरामका लागि मार्ग प्रशस्त होस् भन्ने रहेको र त्यसका लागि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई आक्रमण ठूलो स्तरमा कम गर्न भनेको ह्वाइट हाउसले जनाएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार आफ्ना नागरिकको सुरक्षाको सुनिश्चितता नभएसम्म आक्रमण जारी रहने नेतन्याहूले बताएका छन् । गाजा तर्फबाट रकेट तथा इजरायलले हवाई आक्रमण गर्दै आएको छ ।

इजरायली आक्रमणका कारण पहिले नै नाजुक अवस्थामा रहेको गाजाको अवस्था थप भयावह बनेको भन्दै संयुक्त राष्ट्रसंघसहितका सहायता संगठनले चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top